तीन दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर
शुक्रबार, १८ साउन २०८१, १८ : २२
बागलुङ । तीन दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । मङ्गलबार साँझदेखि परेको भारी वर्षापछि बागलुङ नगरपालिका–१० दब्ल्याङमा खसेको पहिरोको कारण करिडोर पूर्णरूपमा अवरुद्ध भएको थियो ।
मेसिन र कामदार लगाएर पहिरो पन्छाएपछि करिडोर सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । कोरिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए ।
पहिराले सडकको छेउ भाग पूर्णरुपमा बगाउँदा सञ्चालन गर्न लामो समय लागेको यादवले बताए । यस क्षेत्रमा ठुलो वर्षा भएसँगै करिडोर बन्द हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण