बयान फेरेपछि सरकारी साक्षीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपीको पक्षमा विशेष अदालतमा बयान दिएपछि दुईजना सरकारी साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पोखरा महानगरपालिकाका कर्मचारी सवइन्जिनियर उषा किरण रोकायासमेत भएको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दा दायर गरेको हो ।
(मुद्दा नं ०८०सीआर०१६७) मा सरकारी साक्षीको रूपमा पेस गरिएका चितवनको कालिका नगरपालिका–६ घर भई हाल पोखरा महानगरपालिका–१० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आयोगमा अनुसन्धान अधिकृत समक्ष गरेको बयान कागजको प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार तिवारी र पौडेलले कास्की जिल्लाको पोखरा महानगरपालिका–१० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई ३ लाख ५० हजार रुपैयाँ घुस/रिसवत रकम दिएको अनुसन्धानका क्रममा पुष्टि भएको थियो ।
अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । साक्षीको रूपमा अदालत पेस भएका उनीहरुले भ्रष्टाचारको आरोप लागेका व्यक्तिको पक्षमा बयान दिएपछि उल्टै मुद्दा दायर गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण