काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि...
शुक्रबार, १८ साउन २०८१, १९ : ३३
काठमाडौँ । काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको सङ्केत देखिएपछि विमान चालकले काठमाडौँ फर्काएर सुरक्षित अवतरण गराएका छन् ।
बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौँ फर्काउने निर्णय भएको हो । फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो ।
पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनः काठमाडौँ अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए । कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्याएको छ । तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण