१६ औँ तलाबाट खसेका ४ वर्षे बालक सकुशल
पेरिस । फ्रान्समा १६ औँ तलाबाट खसेर पनि ४ वर्षको एक बालक बाँच्न सफल भएका छन् । बहुतले अपार्टमेन्टको ४३ मिटर माथिबाट खसेका सो बालकलाई सामान्य चोटपटक मात्रै लाग्यो, अरू केही भएन ।
यो घटना मे २६ मा मध्य फ्रान्सको अबरभिलर्सको गगनचुम्बी अपार्टमेन्टमा भएको हो । घटनाको समयमा एन्जो नाम गरेका अटिज्म भएका ती बालक आफ्नो कोठामा एक्लै थिए । छोरा चिच्याएर रोएको आवाज सुनेपछि अर्को कोठामा रहेका उनका पिता दौडिएर हेर्न आए ।
तर कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । एञ्जोले झुक्किएर चुकुल लगाएपछि आत्तिएर रुन थालेका रहेछन् । बालकको पिताले अनेकौँ प्रयास गरेर बल्ल तल्ल ढोका खोले । उनी कोठामा छिर्दा त त्यहाँ कोही थिएनन्, झ्याल भने खुला थियो । हतारिएर बाल्कोनीमा पुगेर हेर्दा एन्जो भुँइतलामा रहेको औषधि पसलको छानामा लम्पसार थिए । ठुलै अनिष्ठ भयो भनेर डराई डराइ त्यहाँ पुगेर हेर्दा एन्जोको पिताले छोरा चलमलाइरहेको देखे ।
उनको खुट्टामा अलिकति दर्फराएको मात्रै थियो । उनी होसमै थिए । भित्र पो ठुलै चोट लागेको छ कि भन्ने डर थियो । उनलाई तत्कालै अस्पताल लगियो र सात दिनसम्म निगरानीमा राखियो । यस अवधिमा कयौँ परीक्षणहरू पनि गरिए । तर सबैको रिपोर्ट सामान्य आयो ।
त्यति माथिबाट खस्दा पनि उनको शरीरमा ठुलो दख्खल भएन । घरको १६ औँ तलाबाट खसेर पनि बच्चालाई ठुलो घाउचोट कसरी लागेन भन्ने कुरा रहस्यले धेरैको ध्यान खिचेको छ ।
औषधि पसलको छत वर्षौदेखि सफा नगरिएकोले त्यहाँ भएको धुलोले कुशनको काम गरेको अनि उनलाई ठुलो चोट नलागेको तर्क केही निटिजन्सको छ । तर डाक्टरहरूले भने बच्चाको ज्यान हलुका र लचिलो भएकोले गम्भीर चोट नलागको हुन सक्ने मानेका छन् । सन् २०१७ मा पनि चीनको छाङ्चाउमा १७ औँ तलामाथिबाट खसेकी २ वर्षको बच्ची एक क्षणमै उठेर हिँडेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण