राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा
ललितपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो राजाको कारण देश विकास भएन भन्नेहरू नै आज ब्रम्हलुटमा मस्त भएको बताएका छन् । राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाले आरोप लगाए ।
पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिवार कुमारिपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरूले अब जवाफ दिनुपर्ने समय आएको बताए ।
विदेशीहरूले राजनीतिक दलहरूलाई खेलाई राखेको, दबाब र प्रभाव बढाउँदै लगेको चर्चा गर्दै राष्ट्रियता सङ्कटमा पर्दा देशको अस्तित्व रक्षाको लागि हामीले राजा सहितको प्रजातन्त्रको एजेन्डा उठाएको समेत उनले स्पष्ट पारे । राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको बताउँदै अध्यक्ष थापाले निरन्तरता सहितको परिवर्तन जरुरी भएको बताए ।
कुनै पनि देशले आफ्नो धर्म ,संस्कृति र मूल्य मान्यताको रक्षाबिना प्रगति नगर्ने भन्दै विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा नहुने थापाको दाबी थियो । कार्यक्रममा डा.विष्णु भण्डारी ,राजाराम बर्तौला ‘चुनेली’ र सुदर्शन केसीले पनि बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण