ट्रम्पले स्वीकारे ह्यारिससँग बहसको प्रस्ताव
आइतबार, २० साउन २०८१, ०७ : २१
वासिङ्टन । उपराष्ट्रपति कमला ह्यारिससँग सेप्टेम्बर ४ मा बहस गर्ने अमेरिकी प्रसारक फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका छन् ।
यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय थियो । बाइडेन चुनाव दौडबाट बाहिरिएपछि ह्यारिस उनको ठाउँमा बहसमा भाग लिन राजी भएकी थिइन्। तर, बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए ।
यता, कमला ह्यारिसले फक्स न्युजमा हुने बहसको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन्। यदि फक्स न्युजमा यो बहस भयो भने यो अमेरिकी राष्ट्रपति चुनावको दोस्रो सार्वजनिक बहस हुनेछ भने ह्यारिस र ट्रम्पबिचको पहिलो । फक्स न्युजको यो बहस पेन्सिलभेनियामा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण