नयाँ प्रशिक्षक पाएको लिभरपुलले सजिलै हरायो म्यानचेस्टर युनाइटेडलाई
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि चर्चित क्लबहरू अमेरिका भ्रमणमा छन् । अमेरिका भ्रमणका क्रममा खेलिएको आफ्नो पछिल्लो मैत्रीपूर्ण खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलको फराकिलो अन्तरले हराएको छ ।
योसँगै लिभरपुलले अमेरिका भ्रमणका क्रममा खेलिएको तीनवटा खेलमा शतप्रतिशत नतिजा निकालेको छ । कोलम्बियामा खेलिएको आफ्नो पछिल्लो खेलमा लिभरपुलले चिरप्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई खेल अवधिभर दबाबमा राखेको थियो ।
७७ हजार पाँच सयभन्दा बढी दर्शकमाझ खेलिएको उक्त खेलमा लिभरपुलले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । लिभरपुलका लागि पहिलो गोल निर्धारित समयको १०औँ मिनेटमा फाबियो कार्भाल्होले गरेका थिए ।
निर्धारित समयको ३६औँ मिनेटमा लिभरपुलका लागि कर्टिस जोन्सले दोस्रो गोल थपेका थिए । उनले इजिप्टका प्रभावशाली स्ट्राइकर मोहमद सलाहको क्रसमा त्यो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमै लिभरपुलले २–० को अग्रता लिएको थियो ।
लिभरपुलका लागि तेस्रो गोल भने निर्धारित समयको ६१औँ मिनेटमा कोन्स्टान्टिनोस सिमिकासले गरेका थिए । नयाँ सिजनको प्रिमियर लिग सुरु हुनुअघि लिभरपुलले नयाँ प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
लिरभपुलले यसअघि अगस्त १ तारिखमा खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी आर्सनललाई २–१ गोलले पराजित गरेको थियो । त्यसअघि जुलाई २७ तारिखमा खेलिएको खेलमा लिभरपुलले रियल बेटिसलाई १–० गोलले पराजित गरेको थियो ।
इङ्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखमा सुरु हुँदैछ । लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो पहिलो खेल १७ तारिखमा इप्सविचसँग खेल्नेछ । इप्सविच भर्खरै माथिल्लो डिभिजनमा उक्लिएको क्लब हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण