पेरिस ओलम्पिक : प्रेमीलाई भेट्न सुटुक्क ओलम्पिक भिलेज छाड्दा टिमबाटै आउट !
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुदको ३३औँ संस्करण फ्रान्सको पेरिसमा आयोजना हुँदैछ । ओलम्पिकजस्तो वृहत् प्रतियोगितामा केही रमाइला घटना पनि हुने गरेका छन् । यस्तै एउटा रोचक घटना, ब्राजिलियन खेलाडीसँग पनि भएको छ ।
ब्राजिलकी एक महिला खेलाडीलाई उनको अस्वाभाविक व्यवहारका कारण ओलम्पिक टोलीबाट नै हटाइएको छ । ब्राजिलकी महिला पौडी खेलाडी एना क्यारोलिना भिएरा रातको समयमा सुटुक्क ओलम्पिक भिलेजबाट निस्किएर आफ्नो प्रेमीसँग पेरिस सहर घुम्न हिँडेकी थिइन् ।
त्यो रहस्य खुलेपछि २२ वर्षीया एनालाई ओलम्पिक टोलीबाट हटाइएको समाचारमा जनाइएको छ । उनले ओलम्पिक भिलेज छाड्नुअघि कसैसँग अनुमति लिएकी थिइनन् । उनी आफ्ना प्रेमी ग्याब्रियल सान्तोषसँग पेरिस सहर घुम्न निस्किएकी थिइन् ।
ग्याब्रियल पनि ब्राजिलियन पौडी खेलाडी हुन् । ब्राजिलको ओलम्पिक कमिटीले नियम उल्लंघन गरेको आरोपमा एनामाथि कारबाही गरेको हो । सुटुक्क ओलम्पिक भिलेज छाड्नुअघि एनाले चार गुना एक सय मिटर स्पर्धामा भाग लिएकी थिइन् ।
त्यसपछि उनी रमाइलो गर्न सुटुक्क ओलम्पिक भिलेजबाट बाहिरिएकी थिइन् । उनले प्रेमीसँग पेरिसको विभिन्न स्थानमा घुमिरहेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । त्यसपछि उनी ओलम्पिक भिलेजबाट बाहिरिएको रहस्य खुलेको थियो ।
ब्राजिलको पौडी टोलीका व्यवस्थापक गुस्ताभो ओत्सुकाले आफ्नो ओलम्पिक कमिटीलाई यस विषयमा जानकारी गराएका थिए । त्यसपछि ओलम्पिक कमिटीले उनलाई टोलीबाट निस्कासन गरेको थियो । यद्दपि, उनका प्रेमी ग्याब्रियललाई भने चेतावनी मात्र दिएको छ ।
‘एनाको व्यवहार ठिक भएन । उनी सुटुक्क ओलम्पिक भिलेजबाट बाहिरी निस्किइन् । उनले ओलम्पिक भिलेजको मर्यादा पनि कायम राख्न सकिनन् । त्यसैले उनलाई कारबाही गरिएको हो । अब उनले तत्काल ब्राजिल फर्कनु पर्नेछ,’ गुस्ताभोको कथन छ, ‘हामी रमाइलो गर्न वा छुट्टी मनाउन पेरिस आएका होइनौँ । खेलाडीले यो कुरा भुल्नु हुँदैन ।’
यसैबिच, डेली मेलका अनुसार एनाले आफ्ना सम्पूर्ण सामान ओलम्पिक भिलेजमै छाडेर ब्राजिल फर्कनु परेको छ । ‘मेरो सबै सामान ओलम्पिक भिलेजमै छ । म सामान्य टिशर्ट लगाएर विमानस्थल पुगेकी छु , अब पोर्चुगल हुँदै साओ पाउला पुग्नेछु,’ उनले भनेकी छन् ।
ब्राजिल फर्किएर एनालाई सबैभन्दा पहिले ओलम्पिक कमिटीमा सम्पर्क राख्न निर्देशन दिइएको छ । ‘ब्राजिल पुगलगत्तै मलाई ओलम्पिक कमिटीमा सम्पर्क राख्न भनिएको छ । अहिले म निकै असहाय अवस्थामा छु । मलाई कसैसँग कुरा गर्न पनि रोक लगाइएको छ । सबैभन्दा पहिले म अब आफ्नो कानुन व्यवसायीसँग छलफल गर्नेछु,’ उनले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण