इन्जिनियर्स एसोसिएसन चुनाव : कांग्रेस भर्सेज कम्युनिस्ट
पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियर मिलेर कांग्रेस निकटका इन्जिनियरविरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल, नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठन र समाजवादी इन्जिनियरिङ एसोसिएसन नेपालको तर्फबाट केन्द्रीय सदस्यमा रामचन्द्र पोखरेललाई उम्मेदवार बनेका छन् ।
ती संगठनमार्फत गण्डकीको सभापतिमा महेन्द्रबहादुर गोदार, उपसभापतिमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, सदस्यमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सञ्जय सुवेदी, कालीदास सापकोटा, प्रदीप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सञ्जय लामिछाने र सुदर्शन ढकालको उम्मेदवारी परेको छ ।
उता, कांग्रेस निकट इन्जिनियरहरूले केन्द्रीय सदस्यमा अवित केसीलाई अघि सारेका छन् । सभापतिमा सन्तोष जिसी, उपसभापति विशाल थापा, सचिव निरोज लामिछाने, सहसचिव मन्जु शिलाकर र कोषाध्यक्षमा विश्वास आचार्य उम्मेदवार छन् ।
सदस्यहरूमा सक्षम अधिकारी, सन्जयराज तिमिल्सेना, रोचक क्षेत्री, ध्रुव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट, सुमन शर्मा र महेन्द्र पौडेल उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण