आइएमई ‘पे’मा पैसा पठाउँदा एक हजारसम्म क्यास ब्याक
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई ‘पे’ले विदेशबाट पठाएको रकम आइएमई ‘पे’ वालेटमा प्राप्त गर्दा ग्राहकहरुलाई रु एक हजारसम्म क्यास ब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत सेवाग्राहीहरुले विदेशबाट आइएमई ‘पे’ वालेटमा पठाएको पैसा आइएमई ‘पे’ एप प्रयोगकर्ताहरूले जुनसुकै समयमा नेपालमा प्राप्त गर्दा रु एक हजारसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
‘आइएमई गरौँ,करोडपति बनौँ’ योजनालाई थप परिष्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
सेवाग्राहीहरूको उत्साह तथा हितको लागि बेला बेलामा विभिन्न अफर सार्वजनिक गर्दै आएको आइएमई ‘पे’ ले यस अघिको योजनामा प्रयोगकर्ताहरूको उल्लासमय सहभागिता र ग्राहक वर्गको अनुरोधलाई ध्यानमा राखेर यो योजना सार्वजनिक गरिएको बताइएको छ ।
आइएमई ‘पे’ वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुको साथै ग्राहक वर्गले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न , फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न साथै सबै प्रकारको बीमा नवीकरण तथा थुप्रै सेवाहरूको सहजै भुक्तानी गर्न सक्नेछन् र आफ्नो वालेटमा रहेको रकम आवश्यकता अनुसार बैंक खातामा समेत पठाउन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण