बिर्तामोड घटनाबारे प्रभु बैंकले के भन्यो ?
काठमाडौँ । प्रभु बैंक लि.को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको विषय यति बेला चर्चाको केन्द्रमा रहेको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेस गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नपाइएको हो ।
बैंकका अनुसार यसबारे जानकारी प्राप्त हुनासाथ आन्तरिक छानबिन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको ब्यहोरा प्रारम्भिक रूपमा देखिन आएको छ । यस सम्बन्धमा थप छानबिन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको बैंकले स्पष्ट पारेको छ ।
बैंकको कोशी प्रदेश प्रमुख बद्री कुमार कटवालले भनेका छन्, ‘आवश्यक छानबिन तथा प्रचलित कानुन बमोजिमको कारबाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारबाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण