सत्ता राजनीति
सुदूरपश्चिममा नाउपाबाट लक्ष्मणकिशोर चौधरी मन्त्री बन्दै
सोमबार, २१ साउन २०८१, १३ : ४१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा लक्ष्मणकिशोर चौधरीलाई पठाउने भएको छ । सोमबार बसेको संसदीय दलले सरकारमा पठाउने निर्णय गरेको लक्ष्मणकिशोरले रातोपाटीलाई बताए ।
‘सातवटा मन्त्रालयमध्ये हाम्रो भागमा एक मन्त्रालय परेको छ । संसदीय दल र पार्टीले सरकारमा मलाई पठाउने निर्णय गरेको छ । हाम्रो दाबी यसअघि पाएको सामाजिक विकास मन्त्रालय हो तर मुख्यमन्त्रीले वन तथा पर्यटन मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको सूचना आएको छ । सायद त्यही नै हुन्छ होला’, उनले भने ।
उनी शाह नेतृत्वको सरकारमा सामजिक विकासमन्त्री थिए । मुख्यमन्त्री नियुक्त भएका कमलबहादुर शाहले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण