सत्ता राजनीति
सुदूरपश्चिममा एमालेका तीन मन्त्री, एक राज्यमन्त्री
मन्त्रीहरुले आजै शपथ खाने
सोमबार, २१ साउन २०८१, १४ : ४६
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले आजै मन्त्रिमण्डल गठन गर्ने भएका छन् । त्यसका लागि सत्ता साझेदार दलबाट मन्त्रीमा सहभागी गराउन नाम मागेका छन् । शाह नेतृत्वको सरकारमा नेकपा एमालेबाट तीन मन्त्री सहभागी हुने भएका छन् ।
एमालेले आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ । एमालेको भागमा एक राज्यमन्त्री पनि परेको छ । सांसद सुरेन्द्रबहादुर पालका अनुसार दलको बैठकले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याएको बताए ।
उनका अनुसार एमाले संसदीय दलले भौतिक पूर्वाधारमा सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा वीरबहादुर थापालाई पठाउने निर्णय गरेको छ ।
त्यस्तै राज्यमन्त्रीमा निर्मला साउदको नाम टुंगो लागेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण