प्रतिपक्षमा पुगेपछि कर्णाली माओवादीले भन्यो— यो संघको इकाई हो कि प्रदेश सरकार हो ?

सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले सङ्घीयता कार्यान्वयन नभएको भन्दै संसदमा प्रश्न उठाएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले मागेको विश्वासको मत सम्बन्धीको छलफलका क्रममा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सङ्घीय इकाई हो कि के हो भन्दै प्रश्न राखे ।
‘यो आज मात्र हैन हिजोदेखि भन्दै आएको छु, यो संघीय इकाई हो कि प्रदेश सरकार ?,’उनले भने, ‘किन इकाईका रूपमा चित्रित भइरहेका छौँ । उठ भने उठ्नु पर्ने, बस भने बस्नुपर्ने यो कस्तो सङ्घीयता भयो ?’
शर्माले देश बिग्रनुका भोका, नाङ्गा जनताको कुनै हात नरहेको बताउँदै सङ्घीयता कार्यान्वयनका लागि नयाँ तरिकाले सङ्घर्ष गर्नुपर्ने बताए ।
शर्माले आफूले सुरु गरेका कुनै पनि योजनाहरू वर्तमान मुख्यमन्त्रीले अघि नसारेको भन्दै किन अघि बढेन भनेर प्रश्न समेत उठाए ।
यस्तै माओवादीले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेश ठाडामगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सुगम पोखरेलको गीत 'यो कथा हो मेरो' सार्वजनिक
-
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय
-
भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड
-
ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
-
तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री