कोशी प्रदेश लेखाका कर्मचारीको असन्तुष्टि, दबाबमूलक कार्यक्रम गर्ने चेतावनी
विराटनगर । कोशी प्रदेश सरकार अन्तर्गतका लेखा समूहका कर्मचारीहरूले प्रदेश सरकारको कर्मचारी व्यवस्थापन र बढुवा प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । लेखा समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको निर्णयप्रति आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा प्रदेश प्रशासन सेवाका ज्येष्ठ कर्मचारीहरूलाई कनिष्ठ बनाउने गरी गरिएको बढुवा लगायतका कार्यहरूप्रति समूहको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । लेखा समूहले समान अवसर र व्यवहारको सिद्धान्त अनुरूप कार्य वातावरण सिर्जना गर्न जोडदार माग गरेको छ ।
प्रदेश लेखा समूहले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीको जिम्मेवारीप्रति प्रदेश सरकारले उचित ध्यान नदिएको आरोप छ । प्रदेश सरकारले आफूहरूको मागहरूलाई बेवास्ता गरेमा दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । आफूहरूको आन्दोलनका कार्यक्रमले सेवा प्रवाहमा नकारात्मक असर पार्न सक्ने र यसको जिम्मेवारी प्रदेश सरकार स्वयंले लिनुपर्ने चेतावनी दिइएको छ ।
_VXfpCturvM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण