बंगलादेशको घटनापछि नेपालको नाकामा सुरक्षा कडाइ
काठमाडौँ । आन्दोलन चर्किएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
सुरक्षा समितिमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल भएको सुरक्षा समितिमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सुरक्षा समितिमा छलफल भएपछि कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ । ‘निगरानी र चेकजाँच बढाउन भनिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने,‘पूर्वक्षेत्र बाहेक अरू प्रदेशमा पनि शंकास्पदहरुको निगरानी गर्न सर्कुलर गरिएको छ ।’
बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ‘लक्षित समूह र व्यक्तिहरू’ र भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने सुरक्षा आकलन छ । नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्–‘रोहिंगाहरु पनि भारतको बाटो हुँदै नेपाल आउलान् भनेर सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण