बंगलादेशको घटनापछि नेपालको नाकामा सुरक्षा कडाइ

काठमाडौँ । आन्दोलन चर्किएर बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको छ ।
गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
सुरक्षा समितिमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने र सुरक्षा सतर्कता बढाउनेबारे छलफल भएको सुरक्षा समितिमा सहभागी एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
सुरक्षा समितिमा छलफल भएपछि कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका सीमा नाकामा कडाइ गरिएको छ । ‘निगरानी र चेकजाँच बढाउन भनिएको छ’ गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने,‘पूर्वक्षेत्र बाहेक अरू प्रदेशमा पनि शंकास्पदहरुको निगरानी गर्न सर्कुलर गरिएको छ ।’
बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमा ‘लक्षित समूह र व्यक्तिहरू’ र भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने सुरक्षा आकलन छ । नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्–‘रोहिंगाहरु पनि भारतको बाटो हुँदै नेपाल आउलान् भनेर सुरक्षा सतर्कता अपनाउन भनिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की