पुस्तकालय दिवस मनाउन मूल आयोजक समिति गठन
सोमबार, २१ साउन २०८१, २१ : ४८
काठमाडौँ । यस वर्षको पुस्तकालय दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
आज मन्त्रालयमा सरोकारवाला संस्था एवं व्यक्तिको उपस्थितिमा दिवस मनाउन मूल आयोजक समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको १७ औँ पुस्तकालय दिवस आयोजक समिति, प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिए । ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने मूल नाराका साथ आगामी भदौ १५ गते पुस्तकालय दिवस मनाउन लागिएको छ ।
विसं १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै पुस्तकालयका क्षेत्रमा भएका गतिविधि एवम् पुस्तकालयको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका २०६५ सालदेखि पुस्तकालय दिवस मनाउन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण