प्रधानमन्त्रीले राजीनामा दिएर देश छाडेको भोलिपल्ट बंगलादेशको संसद विघटन
मङ्गलबार, २२ साउन २०८१, १६ : ०७
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनले देशको संसद भंग गर्ने आदेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विद्यार्थी आन्दोलनका नेताहरुको बैठकपछि राष्ट्रिय संसद् विघटन गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।
यही माघ ७ गते भएको निर्वाचनपछि यो संसद गठन भएको हो ।
सोमबार राष्ट्रपतिले आदेश जारी गर्दै बिएनपीकी नेतृ खालिदा जियालगायत धेरै विपक्षी नेताहरूलाई घरमै नजरबन्दबाट रिहा गरेका थिए। सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा राजनीतिक संकट गहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण