मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।
विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।
प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै कार्यदलले बेपत्ता परिवारलाई पनि सो मापदण्ड अनुसार राहत दिन सिफारिस गरेको छ ।
सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण