मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।
विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।
प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै कार्यदलले बेपत्ता परिवारलाई पनि सो मापदण्ड अनुसार राहत दिन सिफारिस गरेको छ ।
सनाखत भएका १९ जना र बेपत्ता ४० जना पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो