माछापुच्छ्रेमा चितुवा मृत फेला
मङ्गलबार, २२ साउन २०८१, २१ : ५५
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ ।
माछापुच्छ्रे–३ घाचोकस्थित ढावा पुल नजिक पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताए । “चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ”, गौतमले भने ।
अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको शव परीक्षण गर्नुभएपछि मुचुल्का बनाएर गाडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण