अपमानित भएर देश छाडिन्छ भन्ने विश्वासै गरेकी थिइनन् हसिनाले
ढाका । बंगलादेशमा उग्र विरोध प्रदर्शनका बिचमा प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाले अब कहाँ जाने भनेर नसोचेको बताइएको छ । जर्मन भाषाको पत्रिका दोयचे वेलेसँगको अन्तरवार्तामा हसिनाको छोरा सजीव वाजिद जोयले यस्तो बताएको भन्दै बंगलादेशको अंग्रेजी भाषाको पत्रिका ‘द डेली स्टार’ ले समाचार छापेको छ ।
आफू र आफ्ना परिवारले जसका लागि यति धेरै काम गर्यो उनीहरूले नै आफूमाथि आक्रमण गरेको र यसरी अपमानित भएर देश छाड्नु परेकोमा आमाले विश्वासै गर्न नसकेको पनि जोयले बताएका छन् । हसिनाले अमेरिका र बेलायतमा शरण लिन खोजिन् तर ती देशले हसिनालाई शरण दिन नमानेको चर्चा पनि सुनिएको छ ।
यसैबारेमा सोधिएको प्रश्नमा उनले यी सबै अफवाह मात्रै भएको र हसिनाले अहिलेसम्म कहाँ जाने भन्नेबारे कुनै निर्णय नगरेको जोयले बताएका छन् । अरू केही समय हसिना दिल्लीमै बस्ने पनि उनले बताए । दिल्लीमा आमा एक्लै नभएको, उनको साथमा आफ्नो बहिनी छिन् भनेर पनि जोयले भनेका छन् । यो भिडियो अन्तरवार्ता दोयचे वेलेको फेसबुक पेजमा मध्यराति अपलोड भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण