एयर डाइनेस्टी दुर्घटना
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा सेनाको हेलिकप्टर पुग्यो
बुधबार, २३ साउन २०८१, १५ : १७

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको हो ।
बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको ९एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।
चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु (महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो
-
मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
-
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियर विरुद्ध मुद्दा दायर
-
पढाइ र भर्ना अभियान सँगसँगै अघि बढाउँदै विद्यालय
-
ड्यानी पर्ल, बहावलपुर र अपरेसन सिन्दूर
-
अख्तियारको छापापछि पनि टसमस छैनन् सन्तोषनारायण