मन्त्रिपरिषद् बैठक
हेलिकोप्टर दुर्घटनापछि प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
बुधबार, २३ साउन २०८१, १६ : ०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनापछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले १५ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुःखद भएको भन्दै दुर्घटनाबारे केही बेरपछि बस्ने मन्त्रिपरिषद्को आकस्मिक बैठकमा छलफल हुने जानकारी दिए । साउन ९ गते सौर्य एयरको विमान काठमाडौँमा दुर्घटना भएको थियो ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्वनिर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि भारी मनका साथ नगरप्रमुखहरूसँग प्रस्तुत हुँदै भेटघाटलाई संक्षिप्त बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यक्ष प्रचण्डको प्रश्न : दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता ?
-
गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गरी राष्ट्रनिर्माणमा योगदान उपयोग गर्न प्रचण्डको आग्रह
-
‘माफियाका लागि विधेयक, भूमिहीनलाई बेवास्ता ?’ : पूर्व प्रधानमन्त्री प्रचण्ड
-
कृषि क्षेत्रका कार्यक्रम हटाइएकोमा अध्यक्ष प्रचण्डको आपत्ति
-
नीति तथा कार्यक्रम जनअपेक्षाअनुकूल छैन : प्रचण्ड
-
केबल चोरी हुँदा स्पेनमा हाई–स्पिड रेल सेवा प्रभावित