आतङ्कवादी हमलाको भयसँगै टेलर स्विफ्टको कन्सर्ट रद्द

अस्ट्रिया । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियामा हुन लागेको कन्सर्ट रद्द भएको छ । कन्सर्टमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको आशङ्कामा अधिकारीहरूले दुई जनालाई पक्राउ गरेपछि कन्सर्ट नै रद्द भएको हो ।
बिहीबारदेखि शनिबारसम्म स्विफ्टका तीन ओटा कन्सर्ट हुन लागेको थियो । सरकारी अधिकारीले हमलाको योजना बनाइरहेको पुष्टि गरेपछि आफूहरुसमक्ष सबैको सुरक्षाका लागि ती कन्सर्ट रद्द गर्नुको विकल्प नभएको स्विफ्टको कन्सर्टको प्रोमोटर बाराकुडा म्युजिकले भनेको छ ।
स्विफ्टको आधिकारिक वेबसाइटमा पनि ती कन्सर्टलाई रद्दको सूचीमा राखिएको छ । बुधबार बिहान प्रहरीले तेरिन्जबाट १९ वर्षिय अष्ट्रियन नागरिकलाई पक्राउ गरेको थियो ।
ती युवकको घरबाट शंकास्पद विष्फोटक पदार्थ पनि भेटिएको अधिकारीहरूले बताएका छन् । सोही दिन भियन्नाबाट अर्का एक जनालाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा आउने विदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि
-
महिनावारी नहुनु वा ढिलाइ हुनुका आठ कारण
-
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता’
-
सुडानमा जारी युद्धका कारण चार लाखभन्दा बढी नागरिक विस्थापित : संयुक्त राष्ट्रसङ्घ
-
दक्षिण कोरियाको राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका ली जे–म्युङको जित निश्चित
-
विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर