आतङ्कवादी हमलाको भयसँगै टेलर स्विफ्टको कन्सर्ट रद्द
अस्ट्रिया । अमेरिकी गायिका टेलर स्विफ्टको अस्ट्रियामा हुन लागेको कन्सर्ट रद्द भएको छ । कन्सर्टमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको आशङ्कामा अधिकारीहरूले दुई जनालाई पक्राउ गरेपछि कन्सर्ट नै रद्द भएको हो ।
बिहीबारदेखि शनिबारसम्म स्विफ्टका तीन ओटा कन्सर्ट हुन लागेको थियो । सरकारी अधिकारीले हमलाको योजना बनाइरहेको पुष्टि गरेपछि आफूहरुसमक्ष सबैको सुरक्षाका लागि ती कन्सर्ट रद्द गर्नुको विकल्प नभएको स्विफ्टको कन्सर्टको प्रोमोटर बाराकुडा म्युजिकले भनेको छ ।
स्विफ्टको आधिकारिक वेबसाइटमा पनि ती कन्सर्टलाई रद्दको सूचीमा राखिएको छ । बुधबार बिहान प्रहरीले तेरिन्जबाट १९ वर्षिय अष्ट्रियन नागरिकलाई पक्राउ गरेको थियो ।
ती युवकको घरबाट शंकास्पद विष्फोटक पदार्थ पनि भेटिएको अधिकारीहरूले बताएका छन् । सोही दिन भियन्नाबाट अर्का एक जनालाई पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण