टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले समग्रमा ७५ प्रतिशत छुट दिने नभई केहि सर्तहरू पालना गरेर मात्र त्यो सुविधा पाउने दाबी गरे। उनले कैदमा सम्पूर्ण छुट नभई २० वर्ष कैद हुनेमा पाँच वर्ष मात्र हुने उनले दाबी गरे । उनले बलत्कार जस्ता जघन्य अपराधमा नियमित कानुन व्यवस्था अनुसार कैद हुने उनले दाबी गरे।
बर्तौलाले कानुन बनाउने भनिएकोले त्यही अनुसार विधेयक सहमतिमा पारित गर्न उनले माग गरे। चार विषयमा सहमति जुटाउने भनी उप समितिले प्रतिवेदन दिएकोमा कार्यदलले मेहनत गरेर सहमति जुटाएको भन्दै उनले अब सो विधेयक ससद्मा पुर्याउन माग गरे। उनले देशको शान्ति प्रक्रियासँग जोडिएकाले यसलाई टुङ्गोमा पुर्याएसँगै शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्ने दाबी गरे।
उनले हाउसमा शीर्ष नेताले बोल्नसक्ने वातावरण बनाउन सभापतिसँग पनि आग्रह गरे। उनले कोलम्बियाको उदाहरण दिँदै त्यहाँ ३० वर्ष कैद हुने मुद्दामा ८ गराएको भन्दै नेपालमा पनि अब टुङ्गोमा पुर्याउनु पर्ने बताए।
घटी सजाय किन राखियो ? यसको व्याख्या गर्नुपर्ने थियो, विधेयकमा व्याख्या गरेर जाने वातावरण बनेको पनि दाबी उनले गरे। उनले बाहिर घटी सजायबारे गलत टिप्पणी भइरहेको भन्दै सजाय धेरै गरेर मात्र न्याय नहुने भन्दै उनले यसमा मध्य विन्दु खोजी गरेको दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण