मन्त्रिपरिषद् हेरफेर
मन्त्रिपरिषद्मा वरीयता हेरफेर, मन्त्री पाण्डे बढुवा, पौडेल पुगे १६ औंं नम्बरमा
बिहीबार, २४ साउन २०८१, २३ : ४५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गरेका हुन् ।
वरीयता हेरफेरअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा भएका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा भएका छन् ।
पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे हाल कांग्रेसका सहमहामन्त्री रहेका छन् ।
राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला
-
अवैध आप्रवासीको डिपोर्टेसन तीव्र पार्न ट्रम्पको निर्देशन
-
अलग भए कुशल र शिवांगी
-
आफ्नो स्वार्थ पुरा गर्न योजना बैँकलाई हतियार बनाइयो : सांसद बस्नेत
-
दुर्घटनाग्रस्त एयर इन्डियाको विमानको कक पिट भ्वाइस रेकर्डर भेटियो
-
मौलाउँदै नकारात्मकता झाँगिदै निराशा