पूर्वअर्थमन्त्री डा.महतले भने– मैले सेयर बजार बढ्यो, बढ्न हुँदैन कतै भनेको छैन
काठमाडौँ । पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार अर्थ समितिमा बोल्दै डा.महतले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट नै जारी भएको बताए ।
‘मैले सेयर बजार बढ्यो बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, म विरुद्ध केही माननीय ज्यूहरू नै लागेको पाएँ’ डा.महतले भने, ‘संसद्मा बोलेको कुरालाई लिएर, कुनै कम्पनी संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो । केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो ? कम्पनीको वित्तीय स्थिति के छ हेरौँ ।’
आफूले भनेको तर बजारमा लगानीकर्ताहरूले स्टेटमेन्ट नै जारी गरेको उनले बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ उनले भने । तर, पुँजी बजारले नै मुलुकको अर्थतन्त्र चलेको भन्ने नभएको डा.महतले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण