गैरमधेसीलाई ‘मधेसी’ भनी सिफारिस गरेको भन्दै आयोगले काट्यो पत्र
काठमाडौँ । गैरमधेसीलाई मधेसी भनेर सिफारिस गरेको भन्दै मधेसी आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका नगर प्रमुखलाई सत्यतथ्य र प्रमाणसहित आयोगलाई यथाशीघ्र जानकारी गराउन पत्र पठाएको छ ।
धनगढीमाई नगरपालिका-१३ का स्थायी बासिन्दा ईश्वर अधिकारी गैर-मधेसी मूलको भए पनि मधेसी समुदायको सिफारिस लिएर नेपाल प्रहरी तर्फ निरीक्षक पदमा मधेसी समुदायको आरक्षणमा जागिरको लागि सिफारिस भएको घटना बाहिर आएपछि आयोगको ध्यानाकर्षण भएको थियो ।
आयोगले केही दिन अगाडी सोही घटनालाई लिएर नेपाल प्रहरी र इलाका प्रशासन कार्यालय, लहानलाई कुन आधारमा गैर-मधेसीलाई मधेसी कोटामा नियुक्ति सिफारिस गरिएको सम्बन्धमा आधार खुलाई आयोगलाई लेखी पठाउन भनेको थियो । सो पत्रपछि इलाका प्रशासन कार्यालयले वडाबाट वडा अध्यक्षको हस्ताक्षरित फोटोसहितको सिफारिस आएको आधारमा तत्कालीन समयमा यस कार्यालयले मधेसी प्रमाणित गरेको देखिएको जवाफ आयोगलाई लेखी पठाएको छ ।
सो जवाफ आयोगमा प्राप्त भएपछि आयोगले धनगढीमाई नगरपालिकाका प्रमुखलाई कुन आधारमा गैर-मधेसी लाई वडा अध्यक्षले मधेसी भनी सिफारिस गरेको सम्बन्धमा उचित आधार र प्रमाण सहित यथाशीघ्र जवाफ पठाउन भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण