वीरगन्जको बालसुधार गृहमा पनि ५२ जना वयस्क कैदी (प्रतिवेदनसहित)
काठमाडौँ । वीरगन्जको बालसुधार गृहमा वयस्क कैदीहरु ५२ जना रहेको भेटिएको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको अनुगमनमा वीरगन्जको सुधार गृहको क्षमता ५० जना रहे पनि त्यहाँ ११७ जना बालकैदी रहेको भेटिएको हो । उनीहरूमध्ये ५२ जना वयस्क छन् ।
बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा १८ वर्ष नाघेका ९३ जना नाबालक कैदी र विराटनगर बाल सुधार गृहमा अधिकांश बालकहरू १८ वर्ष उमेर कटेका भेटिएका छन् । संसद्को न्याय तथा मानव अधिकार समितिले नाबालक र वयस्क कैदी छुट्टै राख्नेगरी कानुन संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रवार समितिको बैठकमा कानुनमन्त्री अजयकुमार चौरसिया सहभागी थिए । मन्त्री चौरसियाले समितिको बैठकमा भने– ‘समितिको निर्देशनअनुसार कानुनमा संशोधन गर्न सकिने कुरा अघि बढाइने छ ।’
सांसदहरू गोमालाभ सापकोटा, नागिना यादव, प्रतीक्षा तिवारी, र डा.सुनिलकुमार शर्माले २०८० चैत १४ देखि १६ सम्म वीरगन्ज बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाहीको कारागार अनुगमन गरेर प्रतिवेदन बुझाएका छन् । समितिले सो प्रतिवेदन पारित गरेको छ ।
यस्तो छ प्रतिवेदन-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण