भारत र चीनले नयाँ सरकार रुचाएको छैन : प्रचण्ड
शनिबार, २६ साउन २०८१, २१ : ३०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई भारत र चीनले नरुचाएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले सो कुरा बताएको एक नेताले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक समीकरण आन्तरिक रुपमा नबनेको पनि बताए । उनले भने, ‘आन्तरिक रुपमा यो समीकरण बनेको होइन । छिमेकीको पनि हात छैन । तेस्रो देशको हात छ ।’
उनले यो सरकारले निकास दिन नसक्ने बताउँदै छिट्टै आन्दोलन हुने समेत बताए । अध्यक्ष प्रचण्डले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव समेत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७ लाख ६१ हजार मेट्रिकटन खाद्यान्न उत्पादन
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण