भारतमा हुने इन्टरनेशनल फिल्म फेस्टिवलमा छानियो नेपाली डकुमेन्ट्री फिल्म
काठमाडौँ । पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म 'चेसिङ दी ड्रिम' भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ ।
हिमान्चल प्रदेशमा यही साउन ३२ गतेबाट हुने फिल्म फेस्टिवलको १० औँ संस्करणका लागि नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, इजिप्टसहित एक सय २३ देशबाट फिल्म, डकुमेन्ट्री तथा सर्ट फिल्म छनोट भएको फेस्टिवलले आफ्नो वेभ साइटमा उल्लेख गरेको छ ।
पोखरेलको डकुमेन्ट्रीमा लामो समय विदेशमा बसेर गाउँ फर्केका लाक्पा ढन्डुल लामाको कथा समेटिएको छ । उत्तरी गोरखाको चुमनुप्री गाउँपालिकाको नामरुङ गाउँका लाक्पा सानै उमेरमा अवसरको खोजीमा काठमाडौँ आएका थिए । केही वर्ष काठमाडौँमा बसेर उनी समुद्रपार व्यापारको सिलसिलामा सिंगापुर पुगे । झण्डै १७ वर्ष त्यही बिताए । सिंगापुरलाई आधार बनाएर काम थालेका लाक्पालाई कामको सिलसिलामा ५० भन्दा बढी देशमा पुग्ने अवसर मिल्यो । केही नगद कमाएको भनेर कथा अगाडि बढाइएको छ ।
निर्देशक पोखरेलको इन्टरनेशनल फिल्म फेस्टिवलमा छनोट भएको यो १२ औँ डकुमेन्ट्री हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण