त्रिविद्वारा तीन महिनामै ३ लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन महिनाको अवधिमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा धमाधम सार्वजनिक हुन थालेको हो । गत जेठ हालसम्म २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना महामारीपछि रोकिएका नतिजाहरू धमाधम सार्वजनिक गर्न लागिएको बताए । पनिकाले साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।
ती विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजनिक गरिसकेको थियो । स्नातकोत्तर तह प्रथम वर्ष पोलिटिकल साइन्सको नतिजा त परीक्षा भएको ११ दिनमै सार्वजनिक गरेको थियो ।
एमए प्रथम वर्ष (पार्सियल)को नतिजा भने परीक्षा सकिएको ४ दिनमै सार्वजनिक गरेको थियो । अबदेखि परीक्षा सकिएको १०० दिनभित्रमा नतिजा सार्वजनिक गर्नेगरी पनिकाले काम गर्दै आएको छ ।
त्यसका लागि कर्मचारीलाई दैनिक १२ घण्टा काममा लगाउनेदेखि क्षेत्रीय कार्यालयहरूबाटै कापी परीक्षण लगायतको काम गर्न थालेको जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण