काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको छ । पार्टीको नव गठित केन्द्रीय समितिको बैठक ललितपुरस्थित थसी बैंक्वेटमा सुरु भएको हो ।
_F1S13tMIYB.jpg)
बैठक साउन ३० गतेसम्म चल्नेछ । बैठकका लागि १० वटा एजेन्डा र कार्यसूचीहरू तय गरिएको छ ।
_3cwon609ln.jpg)
बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको पार्टीको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ पनि लिने छन् ।
_hOiM41CSkB.jpg)
जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा पार्टीको महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष यादवले असार २७ गते नौ जना कार्यकारिणी सदस्यसहित २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरेका थिए ।
_NqYg1F4RsF.jpg)
_dIpr1efE32.jpg)
_Y1A7s3M25w.jpg)
_CGVytFPfbv.jpg)
_VKSBMzHOCD.jpg)
_kvAMXE6Uvc.jpg)
_TjOFuWm7lY.jpg)
_4JXJu1r570.jpg)
_SN3LCBdLoN.jpg)
_ZgfszwtUEJ.jpg)
_Jkio5IAuQS.jpg)
_jReSpXdpzY.jpg)
_bOQCcw56dv.jpg)

_NR1cCWLwco.jpg)



प्रतिक्रिया