ओलम्पिक महिला बक्सिङमा अर्को विवाद
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३ औँ ओलम्पिक खेलकुद प्रतियोगितामा विभिन्न विवाद देखिएका छन् । त्यसमध्ये महिला बक्सिङ स्पर्धामा देखिएको लैङ्गिक विवाद सबैभन्दा चर्को रूपमा उठेको थियो ।
महिला ६६ केजी तौल समूहमा सहभागिता जनाएकी अल्जेरियाकी बक्सर इमान खलिफको विषयलाई लिएर निकै ठुलो विवाद भएको थियो । खासगरी इटालीकी खेलाडीसँगको भिडन्तपछि यो विवाद सतहमा आएको थियो । उनले आफ्नो समूहमा स्वर्ण पदक पनि जितिन् ।
अहिले फेरि महिला बक्सिङसँग जोडिएको यस्तै अर्को विवाद सतहमा आएको छ । महिला ५७ केजी तौल समूहको स्वर्ण पदक ताइवानकी खेलाडी लिन यु तिङले जितिन् । त्यसपछि उनको लैङ्गिक विषयलाई लिएर विवाद सुरु भएको छ ।
लैङ्गिक विवादकै कारण यसअघि अल्जेरियाकी इमान खलिफ र ताइवानकी लिन यु तिङलाई विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिन दिइएको थिएन । विश्व बक्सिङ च्याम्पियनसिपअघि लैङ्गिक विवाद देखिएपछि गरिएको परीक्षणमा यी दुवै मुक्केबाज असफल भएका थिए ।
जारी ओलम्पिकको महिला ५७ केजी तौल समूहमा पोल्यान्डकी मुक्केबाज जुलिया स्जरमेताले रजत र पदक हात पारेकी थिइन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले भने यी दुवै मुक्केबाजको लैङ्गिक विवादको विषयमा कुनै प्रश्न उठाएको छैन ।
त्यसैले यी दुवै खेलाडीलाई पेरिस ओलम्पिकमा भाग लिन अनुमति दिइएको हो । ताइवानकी लिन यु तिङले आफ्ना सबै प्रतिद्वन्द्वीलाई ५–० ले हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण