पेरिस ओलम्पिक : म्याराथनमा नेपालकी सन्तोषी ७९ औँ स्थानमा
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदको महिला म्याराथन नेपालकी खेलाडी सन्तोषी श्रेष्ठ ७९औँ स्थानमा रहिन् । आइतबार सम्पन्न महिला म्याराथनमा सन्तोषीले निर्धारित दुरी पार गर्न दुई घन्टा ५५ मिनेट ०६ सेकेन्ड समय खर्चिइन् । महिला म्याराथनमा सन्तोषीको ब्यक्तिगत रुपमा यो उत्कृष्ट समय हो ।
उक्त स्पर्धामा नेदरल्यान्ड्सकी सिफन हसनले स्वर्ण पदक जितिन् । डच धाविका सिफन हसनले निर्धारित दुरी दुईघन्टा २२ मिनेट ५५ सेकेन्डमा पार गरेकी थिइन् । उक्त स्पर्धामा उनले ओलम्पिक कीर्तिमान पनि बनाइन् । निर्धारित दुरी दुई घन्टा २२ मिनेट ५८ सेकेन्डमा पार गर्दै इथियोपियाकी तिगस्त असिफा दोस्रो भइन् । केन्याकी हेलेन ओबिरीले कांस्य जितिन् । उनले दुई घन्टा २३ मिनेट १० सेकेन्डमा दुरी पार गरिन् ।
उक्त स्पर्धामा क्रोएसिया, मोरक्को, इथियोपिया, बेल्जियम, बेलायत, जिम्बाब्बे, जर्मनी, तान्जिनिया, रोमानिया, अस्ट्रेलिया र अमेरिकाका एक–एक खेलाडीले भने दौड पुरा गर्न सकेका थिएनन् । सन्तोषी ‘वाइल्ड कार्ड’ मार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी हुन् । सन्तोषीले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएकी हुन् ।
यसअघि उनले चीनमा हाङचाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरेकी थिइन् । सन्तोषीले त्यसअघि नेपालमै आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
सन्तोषी दक्षिण एसियाली खेलकुदको इतिहासमा एथलेटिक्सतर्फ नेपालका लागि स्वर्णपदक जित्ने पहिलो महिला खेलाडी पनि हुन् । उनले गतवर्ष बंगलादेशमा सम्पन्न बंगबन्धु म्याराथनको दक्षिण एसियाली स्पर्धातर्फ पनि स्वर्ण पदक जितेकी थिइन् ।
सन्तोषीको स्पर्धासँग पेरिस ओलम्पिकमा नेपालको सबै स्पर्धा सकिएको छ । यसअघि नेपालका ६ जना खेलाडी आ–आफ्नो स्पर्धाको पहिलो चरणबाटै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण