‘संविधान पुनरावलोकन आयोग’ गठन गर्न उपेन्द्रको प्रस्ताव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले सो प्रस्ताव अघि सारेका हुन् ।
आयोगमा संविधानका विज्ञहरू रहनुपर्ने उनले बताएका छन् । ६१ बुँदे प्रस्तावअन्तर्गत संविधान संशोधनसम्बन्धी बुँदामा उनले लेखेका छन्, ‘समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गर्ने ।’
यसैगरी संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतीय प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव छ । समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।
यस्तै, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।
प्रदेशहरूको नामकरण गर्दा पनि पहिचान झल्कने गरी गर्नुपर्ने उनले बताएका छन् । यता, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण