अर्थमन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौता

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवबिच कार्यसम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबिच छुट्टाछुट्टै कार्यसम्पादन करार सम्झौता भएको हो ।
कार्यसम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ । अर्थमन्त्री पौडेलले कार्यसम्पादन सम्झौता मूल्याङ्कनको महत्त्वपूर्ण आधार हुने भन्दै सिङ्गो टिमलाई परिचालन गरेर सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयन गर्न सचिव र महालेखा नियन्त्रक खरो रूपमा उत्रिने विश्वास व्यक्त गरे ।
अर्थसचिव डा घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित क्रियाकलाप कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
अपडेट : राजावादी प्रदर्शनमा सहभागी थप एक जना पक्राउ
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
केपी ओली नेतृत्वको सरकारको गफ गर्ने बाहेक कुनै हैसियत छैन : प्रचण्ड
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
एक सातासम्म मनसुन निष्क्रिय बन्दै