पेरिस । ओलम्पिकको ३३ औँ संस्करण पेरिस २०२४ समापन भएको छ । समापन समारोहमा खेलकुद, चलचित्र र सङ्गीत क्षेत्रका स्टारहरू एकसाथ देखिए।
_MRXT9xVlWW.jpg)
मोटरसाइकलमा प्रस्थान गर्नु अघि अभिनेता टम क्रुज अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरिने ओलम्पिक झन्डा सङ्कलन गर्न स्टा डे फ्रान्सको छतबाट ओर्लिए, जहाँ सन् २०२८ मा अर्को संस्करण आयोजना हुनेछ।
_Qc6uaz0gCL.jpg)
रेड हट चिली पेपर, बिली आइलिस, स्नुप डग र डा ड्रे लगायतले कार्यक्रममा प्रस्तुति दिए । आफ्नो समापन भाषणमा, अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) अध्यक्ष थोमस बाचले यसपटकको ओलम्पिक ‘सनसनीपूर्ण’ रहेको बताए ।
_dj0Y7k4vsP.jpg)
२६ जुलाई मा सिने नदीको किनारमा उद्घाटन समारोहबाट सुरु भएको खेलहरूमा सहयोग गर्ने ४५ हजार स्वयंसेवकहरूको लागि पनि विशेष प्रशंसा गरिएको थियो।
_f8m7SO4G3J.jpg)
अमेरिकाले अन्तिम पदक तालिकाको शीर्ष स्थान कब्जा जमायो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो । उता, चीनले पनि समान ४० स्वर्ण पदक जिते पनि उसको कूल पदक ९१ मा सीमित रह्यो । चीनले २७ रजत र २४ कांस्य हात पार्यो ।
_OP9XnzFTFc.jpg)
तेस्रो स्थानमा रहेको जापानले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन् । यस्तै, १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो । टोलीले १९ रजत र १६ कांस्य पदकसहित कूल ५३ वटा पदक जित्यो ।
_0yFyHXJU1C.jpg)
आयोजक फ्रान्सले पाँचौँ स्थान कब्जा गर्न सफल भयो । फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पार्यो ।
_7ME295yR4A.jpg)
अब सन् २०२४ को प्यारालम्पिक फ्रान्सको राजधानीमा २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म हुनेछ ।
_Z49mNAGaFX.jpg)
_Ak3P4wi64w.jpg)
_pt5r444XeV.jpg)
_YDbD3bP0Us.jpg)
_mg0qNKCblJ.jpg)
_FokG14wKKp.jpg)
_Qdxpqj68eP.jpg)
_p3kjwC7zu5.jpg)
_AZHBTiNVQA.jpg)
_uqulHGpr2e.jpg)
_1TONKcIHmg.jpg)
_JfAKtkzpqH.jpg)
_QH937f7znk.jpg)
प्रतिक्रिया