विदेश जाने मात्र होइन, स्वदेश फर्किनेको सङ्ख्या नि उच्च छ : उपमेयर डङ्गोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले युवाहरू बिदेसिने सङ्ख्यासँगै स्वदेश फर्किनेको सङ्ख्या पनि उत्तिकै बढेको बताएकी छन् ।
आज (सोमबार) अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बोल्दै उनले युवाहरूका समसामयिक सवाल र सम्भावनाका बारेमा छलफल गर्नुपर्ने बताएकी हुन् ।
उनले भनिन्, ‘बिदेसिने युवाहरूको जमात बढ्दो छ । सँगसँगै विदेशबाट स्वदेश फर्किने युवाहरूको पनि बाक्लो छ । युवाहरू विदेशबाट फर्किँदा पुँजी मात्र फर्किँदैन उनीसँगै सिकेका सीप, प्रविधि र अनुभव पनि सँगै जोडिएर आउँछन् ।’
साथै उनले युवाहरूलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताइन् । उनले युवाहरूको लागि व्यवहारिक योजनाहरू पनि ल्याउनुपर्ने बताइन् ।
उनले विदेश जाने सोच एउटा विद्यार्थीको मात्र नभएर परिवार, समाज सबैको सपना बन्दै गइरहेको बताइन् ।
उनले भनिन्, ‘धेरै जना युवाहरू उच्च शिक्षाको लागि विदेश जाने सपना देख्छन्, तर पछिल्लो समय यो सपना युवाको मात्र होइन एउटा परिवार, समाजको पनि सपना भइसकेको छ । त्यसैले क्रियाकलापलाई हामीले रोक्न जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण