परमाणु केन्द्रमा आगो लागेपछि एक अर्कालाई आरोप लगाउँदै युक्रेन र रुस
मस्को । दक्षिण पूर्वी युक्रेनको जापोरिज्झिया परमाणु केन्द्रमा आगो लागेपछि युक्रेन र रुसले यसको दोष एक अर्कालाई लगाइरहेका छन् । आइतबार सो परमाणु केन्द्रको कूलिङ टावरमा आगो लागेको थियो । आगो निभाइएको छ । तर आगलागीको दोषी रुस र युक्रेनले एक अर्कालाई देखाइरहेका छन् ।
सो परमाणु केन्द्रमा रुसले आगो लगाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् । २ वर्षभन्दा बढी समयदेखि जापोरिज्झिया रुसी सेनाको कब्जामा छ । जापोरिज्झियामा रुसले नियुक्त गरेका गभर्नरले चाँहि युक्रेनी गोलाबारीका कारण त्यहाँ आगो लागेको भनेका थिए ।
परमाणु केन्द्रबाट बाक्लो कालो धुँवा आइरहेको आफूले देखेको संयुक्त राष्ट्रसंघको परमाणु निगरानी गर्ने संस्थाले भनेको छ । परमाणु केन्द्र सुरक्षित छ कि छैन भन्नेचाँहि स्पष्ट नभएको बताइएको छ ।
युक्रेनी सेनाहरू रुसी सीमाभित्र ३० केमी भित्रसम्म पुगेको खबर आइरहेकै समयमा यो घटना बाहिर आएको हो । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसी हिस्सामा यति भित्रसम्म युक्रेनी सेना पुगेको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण