चौथो दिन माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु
सोमबार, २८ साउन २०८१, १४ : ३७
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको चार दिनदेखि जारी स्थायी कमिटी बैठक सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा पनि नेताहरूले बोल्ने क्रम जारी रहने महासचिव देव गुरुङले बताए ।
विचारको विकास र पार्टी निर्माण सम्बन्धमा छलफल गरी पार्टीको भावी रणनीति तय गर्न माओवादीले शुक्रबार बैठक बोलाएको थियो ।
बैठकको सुरुको दिनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थिति र भावी योजनाको सम्बन्धमा मौखिक प्रस्ताव राखेका थिए । सोही प्रस्तावमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
पार्टीको आगामी नीति र नेतृत्वको विषयमा खुलेर बहस गरेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि पार्टीको आगामी योजना तयार हुने महासचिव गुरुङको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण