मधेस सरकारकाे विरोधमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी
धनुषा । मधेसमा जम्बो मन्त्रीमण्डल विस्तार गरेको विरोधमा जनकपुरमा निकालिएको जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ । जसपा नेपाल निकट विद्यार्थीहरूले सोमबार निकालेको सिटी जुलुसमा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो ।
सिटी जुलुसमा सहभागी विद्यार्थीहरूले प्रहरी सुरक्षा घेरा तोड्दै जुलुस प्रदर्शन गर्न खोजेपछि विवाद भएको थियो ।
जनकपुरको भानु चोकबाट निकालिएको सिटी जुलुस नगर परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालयको मूल गेटसम्म पुगेको समाजवादी युवा संघ जनकपुरले जनाएको छ । मिल्स एरियामा प्रहरीले लगाएको सुरक्षा घेरा तोड्दा घम्साघम्सी भएको सङ्घका धनुषा जिल्ला अध्यक्ष दिपु कापरले बताए ।
उनका अनुसार जनमत नेतृत्वको सरकारका गतिविधिको विरोध गर्दै विद्यार्थीहरूको जुलुस सुरक्षा घेरा तोड्दै रेल्वे लिकसम्म पुगेको थियो । मधेस सरकार सङ्घीयता विरोधी गतिविधिमा लागेको भन्दै सो सङ्गठनले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
प्रदेश सरकारले एक साता अगाडि ८ राज्यमन्त्री थप्दै २० सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको थियो । जम्बो मन्त्रीमण्डल विस्तार गरिएपछि पछिल्लो समय चर्को आलोचना भइरहेको छ । यसअघि जसपा नेपाल निकट विद्यार्थीहरूले कुर्सी जुलुस समेत निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण