सञ्चारकर्मीलाई प्रचण्डको प्रतिक्रिया– तपाईँलाई भएको हो तनाव, हामीलाई केही भएको छैन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चर्किएको बहसले केहि तनाव नभएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाडामा स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सबै विवाद मिलेर जाने बताएका हुन् ।
‘केही छैन, सबै मिलेर जान्छन् । तपाईँहरूलाई हो टेन्सन, हामीलाई केही भएको छैन’, सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने । चार दिनदेखि जारी रहेको स्थायी समिति बैठकमा नेताहरू विचारको विकास, पार्टी निर्माणको साथै नेतृत्वको विकल्पको विषयमा समेत खुलेर बहस भइरहेको छ ।
गत शनिबार उपमहासचिव जनार्दन शर्माले नेतृत्व हस्तान्तरणका लागि तीन विकल्प अघि सारेका थिए । सोही प्रस्तावको विषय कोट्याएर सञ्चारकर्मीले बैठकमा तपाईँको राजीनामा मागिएका छन् के छ विचार भनेर सोधका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
-
रुसी सेनाद्वारा लुहान्स्कको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा भएको पुटिनको घोषणा
-
विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
-
१० बजे १० समाचार : बालेन सरकारको सय दिनदेखि उपसचिव र डीएसपीको सरुवासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण