स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयले अघि सारेको स्वास्थ्य बीमा सुधार कार्यक्रमलाई अपनत्व लिइदिन आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै पार्टी केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले आफूले आइतबार मन्त्रीका हैसियतमा सार्वजनिक गरेको स्वास्थ्य क्षेत्रका प्राथमिकता तथा कार्ययोजनामा स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्याउने विषय समेटेको उल्लेख गर्दै यसका लागि श्रोत सुनिश्चितसमेत गर्न सकिने उल्लेख गरे ।
उनले ४० अर्ब हाराहारीमा बीमाका लागि श्रोत जुटाउन सकिने भन्दै आफ्नो पार्टीकै पालामा अघि बढेको कार्यक्रम सुधारका लागि आफूले अघि सारेको कार्यक्रमलाई अपनत्व लिएर अघि बढाउन निर्णय गरिदिन केन्द्रीय समितिसमक्ष आग्रह गरे ।
मन्त्री पौडेलले भने, ‘मन्त्रालयले अघि सारेको प्राथमिकता र कार्ययोजना अन्तर्गतको बीमा सुधार योजना कार्यान्वयन गर्ने निर्णय गरेर प्रोत्साहित गर्न अनुरोध गर्दछु ।’
बैठकमा मन्त्री पौडेलले नेतृ चित्रलेखा यादवले उठाएको क्यान्सरको औषधी महँगो भएको विषयको जवाफ दिँदै यी लगायत बढी मूल्य परेका औषधीको मूल्य समायोजन गर्नकै लागि कार्ययोजनामा मूल्य समायोजनको कुरा ल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण