मनसुन अवधिभर एक करोड वृक्षारोपण गर्न वनमन्त्री शाहीको निर्देशन
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिभर देशभरि करिब एक करोड वृक्षारोपण गर्न निर्देशन दिएका छन् ।
मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय भू तथा जलाधार संरक्षण कार्यालय, राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षारोपण सञ्चालन गर्न निर्देशन जारी गरिएको मन्त्री शाहीले बताए ।
वृक्षारोपण कार्यलाई प्रभावकारी बनाउन सबै निकायलाई आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न मन्त्रालय मातहतका निकायलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए ।
मन्त्री शाहीले पछिल्लो दुई सय वर्षमा मिथेन, नाइट्रसअक्साइड, कार्बन डाइअक्साइड जस्ता हरितगृह ग्यास उत्सर्जनका कारण वायुमण्डलमा परेका नकारात्मक प्रभाव न्यूनीकरणका लागि सबैले भूमिका खेल्न जरुरी रहेको बताए । “जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन, सामाजिक, आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ । अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, खडेरीजस्ता प्राकृतिक विपत्तिको जोखिममा बढ्न थालेको छ । त्यसैले यसको न्यूनीकरणको लागि बृहत् वृक्षारोपण गरी हरियाली बढाउन जरुरी छ”, निर्देशनमा उल्लेख छ ।
जलवायु परिवर्तनको सन्दर्भमा सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने ६० प्रतिशत कार्बन डाइअक्साइड वन जङ्गलले रोक्ने गरेकाले सबैले यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकतासमेत औँल्याइएको छ । “प्रत्येक घर, कार्यालय अगाडि कम्तीमा एउटा मात्र रुख रोप्न सके पनि वातावरणीय लाभका साथै हामीलाई धेरै फाइदा हुन्छ । सडकको दायाँबायाँ किनारमा पनि वृक्षारोपण गर्दा हरियालीले गाउँ सहरको शोभा पनि बढाउँछ”, मन्त्री शाहीले आज जारी गरेको निर्देशनमा उल्लेख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण