जसपा नेपालको बैठकमा दुई दिनदेखि प्रशिक्षण
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय समितिको तेस्रो दिनको बैठक जारी छ ।
साउन २७ गतेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सोमवारदेखि केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने कार्यक्रम सुरु भएको केन्द्रीय सदस्य पूर्ण बस्नेतले बताए ।
उनका अनुसार आजको बैठकमा अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जसपा नेपालको आदर्श, वैचारिक एवम् सैद्धान्तिक अवधारणा विषयमा नेताहरूलाई प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवम् सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरूमाथि छलफल हुने उनले बताए ।
बैठकले केन्द्रीय समिति सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्ने बताइएको छ । बैठक बुधबारसम्म चल्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण