अरनिको राजमार्ग सुरक्षित बनाउन मन्त्री दाहालको निर्देशन

सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयका अधिकारीहरूसहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुगेका मन्त्री दाहालले निर्माण कार्यमा भई रहेको ढिला सुस्ती हटाई निर्माणलाई तीव्र बनाउन निर्देशन दिए ।
कतिपय पुल निर्माणको कार्यमा ढिला सुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसुस हुने गरी सडकलाई व्यवस्थित बनाउन उनले निर्देशन दिए । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित अनुगमनमा पुगेका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी, पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए ।
स्थानीय जनप्रतितिनिधीहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्याउने भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु