अरनिको राजमार्ग सुरक्षित बनाउन मन्त्री दाहालको निर्देशन
सिन्धुपाल्चोक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयका अधिकारीहरूसहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुगेका मन्त्री दाहालले निर्माण कार्यमा भई रहेको ढिला सुस्ती हटाई निर्माणलाई तीव्र बनाउन निर्देशन दिए ।
कतिपय पुल निर्माणको कार्यमा ढिला सुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसुस हुने गरी सडकलाई व्यवस्थित बनाउन उनले निर्देशन दिए । मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित अनुगमनमा पुगेका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी, पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए ।
स्थानीय जनप्रतितिनिधीहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्याउने भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण