बङ्गलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे अस्ट्रेलियाली संसद्मा उठाइयो प्रश्न
क्यानबेरा । बङ्गलादेशमा हिन्दुहरूमाथि भइरहेको आक्रमणबारे हालैका दिनमा कयौँ देशहरूमा हङ्गामा मच्चिएको छ । यसैबिच अस्ट्रेलियाको संसद्मा पनि यो मुद्दा उठाइएको छ ।
त्यहाँका सांसद जुलियन लिजरले बङ्गलादेशको अवस्था र हिन्दुलगायत अन्य अल्पसङ्ख्यकमाथि भएको आक्रमणको मुद्दा उठाएका छन् । सो आक्रमणलाई उनले मानवीय विनाशको संज्ञा दिएका छन् ।
‘बङ्गलादेशी हिन्दुहरूले हिंसात्मक उत्पीडनको सामना गर्नु परिरहेको छ’ उनले भनेका छन् । ‘बङ्गलादेशमा कानुन र व्यवस्था लगातार बिग्रँदै गइरहेको छ । विभिन्न धर्मका मानिसबिचको आपसी सम्मान घट्दै गइरहेको छ’ लिजरले भनेका छन् ।
मानिसहरूको आ–आफ्नै फरक राजनीतिक विचारधाराहरू भएकोले यस्तो भइरहेको पनि उनले बताए । उनका अनुसार ‘बङ्गलादेशमा हिन्दुहरूले बढ्दो हिंसात्मक उत्पीडनको सामना गरिरहेका छन् । पछिल्ला दिनमा यस्ता घटना बढ्दै गएका छन् । हिंस्रक भीडले हिन्दुहरूको घर, मन्दिर र कार्यस्थललाई निशाना बनाइरहेका छन् ।’
हत्या, लुटपाट र आगजनीको डरले हिन्दु परिवार घर छाडेर भागिरहेका छन् । यी आक्रमणमा हिन्दु मारिएको खबर आइरहेको चिन्ता पनि उनले व्यक्ति गरेका थिए । बङ्गलादेशी हिन्दुहरूको पीडालाई बेवास्ता गर्न नसकिनेमा उनले जोड दिएका छन् ।
बङ्गलादेशमा शेख हसिनाको सरकार ढलेपछि अल्पसङ्ख्यकमाथि एकपछि अर्को गर्दै हिंसाका खबरहरू आइरहेका छन् । सोमबार अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सखावत हुसेनले अल्पसङ्ख्यकहरूसँग हातै जोडेर माफी मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण