टीआरसी विधेयक दरपिठबारे अदालतले भन्यो– निवेदकको व्यहाेरालाई समर्थन हुने कुनै प्रमाण देखिएन
काठमाडौँ । सर्वोच्च अदालतले टीआरसी विधेयक विरुद्ध दायर रिटमा निवेदकको व्यहारोलाई समर्थन हुने कुनै प्रमाण पेस गरेको नदेखिएको जनाएको छ । सो रिटबारे अदालतले ‘कुन उद्धेश्य प्राप्तिका लागि के कस्तो कानुन बनाउने वा नबनाउने भन्ने विषय विधायिकाकाको एकलौटी अधिकार भएको समेत बताएको छ ।
सर्वोच्च अदालतका रजिस्टार भद्रकाली पोखरेलद्वारा जारी बुधवार जारी गरेको आदेशमा भनिएको छ : ‘शक्ति पृथकीकरणकरणको सिद्धान्त विधायिकी दायराको कानुन निमार्णको विषयमा सामान्यतया न्यायपालिकाले हस्तक्षेप गर्न नमिल्ने, विधायिकी प्रज्ञा भित्रका कानुनमा संशोधनको साथै आवश्यक नयाँ कानुनको निर्माणको विषयमा प्रभाव पार्ने गरी अदालती कारबाही उपयुक्त नमानिने ।’
रिट निवेदकले सार्वजनिक सरोकार भनी उठान गएिको प्रस्तुत रिटमा निवेदकले सार्वजनिक र सामूहिक हक अधिकारको हनन् कसरी हुन गएको हो भन्ने प्रस्ट खुलाउनुपर्नेमा सो उल्लेख नगरिएको समेत अदालतको आदेशमा उल्लेख छ । अधिवक्ता डा. ज्ञान बस्नेतले आफूले दायर गरेको रिट दरपिठ भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण