क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ
बुधबार, ३० साउन २०८१, २१ : ५६
काठमाडौँ । क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भएर ललितपुर बस्ने महावीर प्रसाद जैसवाल छन् ।
५० वर्षीय जैसवाललाई ठमेलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए ।
क्यानडाको सपना देखाएर ३ जनासँग उनले ५ लाख २० हजार ठगेका हुन् । रकम लिएपछि क्यानडा नपठाएर उनी पीडितसँग सम्पर्कविहीन भएका थिए । उनलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण